दफा
कोषले आर्थिक स्रोत जुटाउन सक्ने
– (१) कोषले आफ्नो उद्देश्यअनुरुपको कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल सरकार, सरकारी तथा गैरसरकारी संस्था, विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संस्था वा निकाय वा व्यक्तिबाट सहयोग, अनुदानलगायत अन्य आवश्यक आर्थिक स्रोत जुटाउन सक्नेछ । तर, विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संस्था वा निकाय वा विदेशी व्यक्तिसँग आर्थिक स्रोत लिनुअगावै कोषले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कोषमा नेपाल सरकारबाट प्राप्त हुने अनुदानको रकम तथा विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संस्था वा निकाय वा विदेशी व्यक्तिबाट प्राप्त हुने सहयोग वा अनुदानको रकम नेपाल सरकारको बजेटमा समावेश गरी कोषलाई अनुदानको रुपमा उपलब्ध
गराउनु पर्नेछ ।